नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

काठमाडौँ, ५ फागुनः नेपालले नेदरल्याण्ड्विरुद्ध शानदार जित हासिल गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज यहाँ भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गर्दै दुई अङ्क जोड्यो । जारी प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको नेपाल आजको खेलमा नेदरल्याण्ड्समाथि हावी भयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले…