खोटाङ, ४ असोज - कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री मेन्याङ्बोले कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत नपुग्ने भएकाले प्रदेश सरकारलाई स्थायित्व दिन सहमतीय सरकार निर्माणको प्रयास थालिएको बताउनुभयो…