हामी गिरीबन्धु टी इस्टेट प्रा.लि. (कम्पनी) का संस्थापक शेयरधनी हौं । यो कम्पनी झापा जिल्ला विर्तामोड नगरपालिका वडा नं. ६ मा मिति २०२०।०४।२७ मा दर्ता भएको र कम्पनीको स्थापना हुँदाका वखत हामी (कृष्णकुमार गिरी, प्रेमकुमार गिरी) र त्रिलोचन गिरी गरी ३ जना मात्र संस्थापक शेयरधनी रही कम्पनी स्थापनाकाल देखि नै चिया वगान सञ्चालन गर्दै आइरहेका…