पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ–ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उक्त प्रकरणमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्व सहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरूविरुद्ध यसअघि पनि पक्राउ पुर्जी भएको प्रहरीले जनाएको…