काठमाडौं । अनेरास्ववियुले शिक्षामा कूल बजेटको २० प्रतिशत छुट्याउन माग गरेको छ । अनेरास्ववियुको यही जेठ ४ देखि ६ गतेसम्म बसेको दोस्रो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष समीक बडालले २० प्रतिशत छुट्याउन माग गर्नुभएको हो । अनेरास्ववियुले निजी शैक्षिक संस्थाले दिनुपर्ने अनिवार्य छात्रवृत्तिलाई पनि १० प्रतिशतबाट २० प्रतिशतमा पु¥याउन माग…