हल्दिबारीमा कांगे्रस कार्यकर्ताद्वारा सामुहिक पार्टी परित्याग

बिर्तामोड । हल्दिबारी वडा नम्बर १ का नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले सामुहिक पार्टी परित्याग गरेका छन् । हल्दिबारीमा एकै पटक विभिन्न जिम्मेवारीमा रहेका १५ जनाले पार्टी त्याग गरेका हुन् । उनीहरुले काङ्ग्रेस गुट, उपगुट, नातावाद, कृपावाद र भ्रष्टाचारले भरिएको आरोप लगाउँदै पार्टी त्याग गरेको जानकारी दिएका छन् । हल्दिबारी वडा नम्बर १ समितिका पदाधिकारीहरु सहित भातृ…