जिल्लामा तरकारी खेतीको लागि प्रख्यात मानिएको बुुद्धशान्ति गाउँपालिका शिक्षा क्षेत्रमा उत्तिकै चर्चामा छ । शिक्षा क्षेत्रको विकासका निमित्त गरिरहेको योगदानले बुद्धशान्ति चर्चामा आएको हो । गुणस्तरीय शिक्षालाई प्रमुख प्राथमिकिकरणमा राखेर काम गरिरहेको बुद्धशान्तिले शैक्षिक उपलब्धिको आफ्नो मुख्य ध्येय बनाएर काम गरिरहेको छ । शिक्षाको ठुलो बजेट गुणस्तर निर्माणमा लगानी गर्नुले बुद्धशान्तिले बालबालिकाको भविष्यलाई केन्द्रमा राखेर…