असक्तलाई घरमै स्वास्थ्य सेवा

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उहाँहरूलाई स्वास्थ्य सेवाको पहँुच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो । गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता…