वाह अलैंची अभियान शुभारम्भ

बिर्तामोड । नेपाल अलैँची व्यवसायी महासंघले वाह अलैंची अभियान शुभारम्भ गरेको छ । महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी) को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा अभियान सञ्चालन गरेको हो । घरेलु तथा व्यावसायिक उपभोक्तामा नेपाली अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको जनाएको छ ।…