झापा । अविरल वर्षाले झापाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । सोमबार रातिदेखि आएको वर्षाले कमल गाउँपालिका–५, ६ र ७ नम्बर वडामा रतुवाखोलाले कटान गर्न सुरु गरेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । त्यस्तै, कमल–६, खयरबारीमा जनताको तटबन्धअन्तर्गत निर्माण गरिएकोे बाँधमा पनि कटान सुरु भएको छ ।…