शिवगञ्ज - ग्रामीण किसानलाई लक्षित गरी शिवसताक्षी नगरपालिका–६ मा ‘रिटेल मार्केट’ निर्माण सुरु गरिएको छ । पालिकाले रु एक करोड चार लाख ६१ हजार लागतमा निर्माण सुरु गरेको मार्केटको ५० प्रतिशत काम पूरा भइसकेको नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७८ माघमा सो रकममा निर्माण कार्य विसं २०७९ असारमा सम्पन्न गर्ने…