ताप्लेजुङ - प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो । सदरमुकाम फुङ्लिङमा आज प्रवद्र्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्लेपाटीदेखि पाथीभराधाम…