बिर्तामोड । बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकले बिर्तामोडमा फुटपाथ व्यवसायका कारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो ।…