इलामको झण्डीडाँडाबाट मेचीनगरसम्मको प्याराग्लाइडिङको परीक्षण उडान सफल

पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उडेको देख्नुभएका इलाम रोङ गाउँपालिका–६ का वडाध्यक्ष मनिकुमार स्याङ्बोले आफ्नै गाउँमा पहिलोपटक सोको मज्जा लिनुभएको छ । इलामको रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट आज उहाँ आफैँले प्याराग्लाइडिङको मज्जासहित परीक्षण उडान सुरु गर्नुभएको हो । पोखराको हाईफ्लायर प्याराग्लाइडिङ प्रालिका सञ्चालक रुपक कोइराला, हरि बुढाथोकी र सागर नेपालीलाई ल्याएर उहाँले आफ्नै क्षेत्रमा पर्यटन…