प्रदेश १ मा ४० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण भएको छ । ४३० जनाको पीसीआर परीक्षण गर्दा ३६ र २०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, झापामा ११, सुनसरीमा ७, उदयपुर, पाँचथर र प्रदेश १ बाहिरका २–२…