झापा । छिमेकीको हत्या गरेर शौचालयको ट्याङ्कीमा लुकाइएको शव फेला पारेर अभियुक्त पक्राउ गर्न सफलता पाएका दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज कार्की कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश नं १ को प्रदेश प्रहरी कार्यालयले आज कात्तिक महिनाभरिमा कर्तव्य निर्वाहका क्रममा सबैभन्दा उत्कृष्ट कार्य गरेबापत कार्कीलाई उक्त सम्मान तथा पुरस्कार…