झापा, १६ मङ्सिर - विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छभने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा रु। १३ करोड बजेट विनियोजन गरेको थियो । उक्त रकममध्ये रु छ करोड ३१ लाख ३२ हजार ६०२…