काठमाडौं - काठमाडौंको तीनकुनेमा राजसंस्था पुन:स्थापनाको आन्दोलन हिंस्रक बनेपछि सरकार आक्रामक बनेको छ। राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएपछि सरकारले उक्त आन्दोलनमा प्रत्यक्ष-अप्रत्यक्ष संलग्नहरूमाथि कडा कारबाही थाल्ने रणनीति बनाएको छ। शुक्रबार तीनकुनेमा राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजक र राप्रपाका कार्यकर्ता सविन महर्जनको मृत्यु भएको थियो। सवारीसाधन, निजी तथा सरकारी कार्यालय, पार्टी कार्यालय, निजी सम्पत्तिमा आगजनी तथा…