राजनीतिक स्थायित्वका लागि राष्ट्रिय सहमतिको सरकार – कांग्रेस

काठमाडौँ, १८ असार - नेपाली कांग्रेसले संविधानमा सामयिक संशोधन, राजनीतिक स्थायित्व र आर्थिक स्थिति सुधार गर्न नेपाल कम्युनिष्ट पार्टी ९एमाले०सँग सत्ता समीकरणको सहमति गर्नुपरेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान कार्यन्वयनका क्रममा देखिएका समस्या राष्ट्रिय सहमतिका साथ समाधान गर्न एमालेसँग सहमति गर्नुपरेको निष्कर्ष निकालेको हो ।…