दुग्धको बक्यौता रकम तत्काल भुक्तानी गर्न किसान महासंघ झापाको ज्ञापन

भद्रपुर  । नेपाली दुग्ध किसानहरुको बक्यौता रकम तत्काल भुक्तानी पाउने ब्यवस्था मिलाउन माग गर्दै नेपाल किसान महासंघ झापाले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पठाएको छ । महासंघका अध्यक्ष रतन थिङ्लावोको नेतृत्वमा गएको किसानहरुको टोलीले जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलामार्फत ज्ञापनपत्र पठाएको हो । विभिन्न ११ सुत्रीय माग राखेर बुझाइएको ज्ञापन पत्रमा…