एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिलाहरु अग्रमोर्चामा छन् : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरु मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरु अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ । आजदेखि यहाँ सुरु भएको एमालेको दुई दिने राष्ट्रिय महिला भेलाको उद्घाटनसत्रमा पूर्वप्रधानमन्त्री ओलीले एमालेलाई ध्वस्त बनाउन खोजिएका बेलामा समेत महिला र युवाले पार्टीको झण्डा बोकेर अग्रमोर्चामा उत्रने गरेको बताउनुभएको हो। ‘तपाईंहरुको सक्रियता, वैचारिक…