अखिल नेपाल किसान महासंघको सातौ राष्ट्रिय महासम्मेलन यहि चैत ३० गते देखि झापाको कमलमा हुँदैछ । यसको तयारी हाल अन्तिम चरणमा पुगेको छ भने महासंघका पदाधिकारीहरु झापामानै रहेर तयारीमा जुटेका छन् । महासम्मेलनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने भएकाले जिल्लाका नेता कार्यकर्ताहरु समेत यसको सफलताका लागि क्रियाशिल भएका छन् । महासंघको…