प्रेम गिरी आजभोलि भ्रमको फण्डा चुरे बनेकोछ र चुरो कुरो बुझ्न वाँकी रहेका कारण चुरे गितमा राम्रै सङ्गीत भरिएको छ। चुरे भावरको भुगोलमा हाम्रो बसाई छ र यस क्षेत्रको खोलाजन्य उत्खननको प्रत्यक्ष मार खेपेको एउटा पीडित समुदायभित्र हामी पर्छौ।१)हामी(हजारौं भुक्तभोगीहरु) चुरे क्षेत्रमा पर्ने खोला ,खोल्सा धरधरे ,पहिरो ब्यहोर्दै यहाँ उत्पादन हुने खोलाजन्य ढुङ्गा, बालुवा,रोडा,गेग्र्यान,माटो, त्यसका…