आशिष खनाल जमाना यस्तो पनि थियो जतिबेला आफुले गरेको गल्तिका कारण बिधालयमा शिक्षकद्वारा पाएको सजायको जानकारी आफ्ना अभिभावलाई दिन आट आउदैन थियो । दिउ पनि कसरी ? कुच्चाका डाक्ला, दाउरा, पानीको पाइपको टुक्रा जे ले भेट्यो त्यसैले खाइन्थ्यो फेरि । तिघ्रामा बसेको छाप बा आमाले देख्नु होला कि भनेर ठुटे कट्टु लगाएर बस्न सकिँदैन थियो…