अर्जुनधारा एमालेको गढ हो, सूर्य चिन्हले चुनाव जित्छ : बलदेव गोम्देन

पूर्वी झापाको एउटा राजनीतिक भूमि हो, अजुर्नधारा नगरपालिका । वर्गीय मुक्तिका लागि झापामा किसानहरुलाई जगाइरहेका युवाहरुलाई जेल सार्ने बहानामा यही नगरपालिकाको उत्तरी सिमा सुखानीमा लगेर हत्या गरिएको थियो । आज पनि एमालेको इतिहासमा सुखानी हत्याकाण्डका नामले चर्चित यो ठाउँ झापाको अजुर्नधारा नगरपालिका र इलामको माई नगरपालिकाको सिमानामा पर्दछ । सुखानीको सहिद स्तम्भ, सुखानी सहिद पार्क…