झापा । निजी विद्यालय सञ्चालकहरुले बेतलबी विदामा राखेका शिक्षकलाई तलब उपलब्ध गराउने भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन इष्टुसंग आज भएको छलफलपछि बेतलबी विदामा बसेका सम्पूर्ण शिक्षकलाई दिन बाँकी सबै तलब क्रमश: दिदै जाने निर्णय भएको हो । प्याव्सन, एन प्याव्सन र इष्टुका प्रतिनिधिबीच भएको छलफलमा चैत्रसम्मको तलब निकासा गर्ने, बैशाख, जेठ र असारको…