सुदिप राउत भद्रपुर । हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ । यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा भने फरक दृश्य देखिन्छ । चारैतिर पुस्तकका पङ्क्तिबीच युवा मोबाइलको स्क्रिनमा होइन, पुस्तकका पानामा नजर दौडाउँदै अध्ययनमा तल्लीन भेटिन्छन् । कोही चार्टर्ड एकाउन्टेन्सी (सिए) को तयारीमा छन्, कोही लोकसेवाको परीक्षाको अध्ययनमा जुटेका छन्…