विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनतालाई केन्द्रमा राखेर कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरुसँगको छलफलमा उहाँले राष्ट्रसेवक कर्मचारीले काम गर्दा आफैँलाई सन्तुष्टि मिलेको छ कि छैन भन्ने विषय आत्मसात् गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अब स्थायी सरकार बनेको छ । तपाईंहरु ढुक्क…