बिर्तामोड । मोफसलको चर्चित टिम झापा ११ एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा सैनिक एफसीलाई फराकिलो गोल अन्तरले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । खेल अवधिभर झापा ११ ले सैनिकलाई दबाबमा राखेको थियो…