झापा, २८ कार्तिक । निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले झापा पुगेर नेपाली कांग्रेसका उम्मेद्वारको पक्षमा भोट मागेका छन् । आयोगका अध्यक्ष निरौलाले यही कार्तिक २१ गते सोमवार झापाको मेचीनगरमा सुकुम्बासी र कांग्रेस कार्यकर्ताको भेला बोलाएर झापा–१ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका विश्वप्रकाश शर्माको पक्षमा भोट…