विराटनगर । आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज सम्पन्न भएको छ । भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीको आइसिपीमा सम्पन्न बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, राष्ट्रिय अनुन्धानका उपनिर्देशक वासुदेव सिग्देल, सुनसरीका प्रमुख जिल्ला…