यस वर्षको ट्रेलब्लाजर अवार्ड राष्ट्रपति भण्डारीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड प्रदान गरिने भएको छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान प्रदान गरिन लागिएको हो । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर…