गठबन्धनले चोलेन्द्र जबराको बयान रोक्न सक्छन् : ओली

झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान महाअभियोग सिफारिस समितिमै रोक्न सक्ने आशंका व्यक्त गर्नुभएको छ। आज गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा भाग लिन पुगेका अध्यक्ष ओलीले चन्द्रगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनले राणाको बयान रोक्न सक्ने बताउनु भयो । राणाले महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा…