बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल प्रदेश १ को संयोजकमा झापाकी अनिता कन्दङ्वा सर्वसम्मत भएकी छन् । युवा संघको कार्यविभाजनको क्रममा कन्दङवाले सो जिम्मेवारी पाएकी हुन् । यस्तै, झापा जिल्ला इन्चार्जमा शम्भु भण्डारी र सहइन्चार्ज निशा लिम्बु,राज लिम्बुलाई जिम्मेवारी तोकेको छ । जिल्ला संयोजकमा भने फुर्वा लामालाई जिम्मेवारी तोकिएको राष्ट्रिय युवा संघले जनाएको छ ।…