बिर्तामोड । गल्फमा भएका नेपालीको शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका दुर्गा प्रसाईंको पहलमा मंगलवार एक युवतीको शव नेपाल ल्याइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव दुबईबाट नेपाल ल्याइएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका कार्यकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईंको खर्चमा उक्त शव…