काठमाडौं । मुस्ताङमा तारा एयरकाे विमान दुर्घटनामा मृत्यु भएकामध्ये १० जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगञ्ज लगिएको छ । सोमबार साँझ पोखराबाट शवहरु काठमाडौं ल्याइएको थियो । दुर्घटनाग्रस्त स्थानबाट कोबाङ ल्याइएको शव नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा हुँदै काठमाडौं ल्याइएको हो । शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने तयारी छ । २२ जना सवार दुर्घटनामा परेको उक्त…