वार्ताको सहमतिपछि बिर्तामोडमा खुलाइयो यातायात

बिर्तामोड । वार्ता गर्ने सहमतिपछि बिर्तामोडका व्यवसायीले अवरुद्ध गरेको यातायात खुलाइएको छ । आज झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको शाह कपडा पसलमा शिल गरेपछि स्थानीय व्यवसायीले यातायात अवरुद्ध गरेका थिए । शिल गरेको आक्रोसमा व्यवसायी सडकमै उत्रिएका थिए । राजश्व अनुसन्धान कार्यालय इटहरीले अनुगमनका क्रममा लालबाबु शाहले सञ्चालन गर्दै आएको कपडा पसल शिल गरेको थियो…