विराटनगर-प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दैछन्। मुख्यमन्त्रीमा नियुक्ति भएको तीन महिनापछि राईले मन्त्रालय थप गरी मन्त्रालय विस्तार गर्ने तयारी गर्नुभएको हो । नवनियुक्त मन्त्रीलाई बिहान ११ बजे शपथग्रहण गराउने कार्यक्रम तय भएको छ। श्रोतका अनुसार आइतबार कांग्रेसबाट तीन, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबाट दुई दुई मन्त्री नियुक्त हुने भएका छन्।…