सत्ता गठबन्धन सरकारले अर्थतन्त्र धाराशायी बनायो : महासचिव पोखरेल

सुनसरी – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धन सरकारले अर्थतन्त्र धाराशायी बनाएको आरोप लगाउनु भएको छ । आज सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अर्थतन्त्रका सबै सूचक नकरात्मक भएको बताउनु भएको हो । ‘यो वर्तमान सरकारको पुँजीगत खर्च गर्ने क्षमता न्यून छ,’ उहाँले भन्नुभयो, ‘मूल्य वृद्धिको सूचक उच्च छ ।…