जनकपुरधाम – प्रदेश-२ को स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित गरिएको छ । प्रदेशसभाको आज बसेको बैठकले दुई तिहाई मतबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकेको हो । प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएकोमा जनकपुरधाम राजधानी राख्ने पक्षमा ७८ मत परेको हो । प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी…