बिर्तामोड । सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड–१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताउनुभयो । उहाँका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु ८०० र निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ…