झापा इनर्जीले १ वर्षपछि १० मेगावाट सौर्य उर्जा उत्पादन गर्ने, आयोजनाको शिलान्यास गरियो

बिर्तामोड । झापामा दश मेगावाट क्षमताको सौर्य उर्जा उत्पादनका लागि आयोजनाको शिलान्यास गरिएको छ । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले झापाको शिवसताक्षी–४ बुलोचोकमा निर्माण गर्न लागिएको सौर्य उर्जा आयोजनाको आज विहान शिलान्यास गरेका हुन् । शिलान्यास गर्दै नेम्वाङले झापामा शुरु भएको उर्जा उत्पादन आयोजना अत्यन्तै राम्रो कामको थालनी भएको बताए । उनले…