भगिराज इ‌ङ्नामलाई मदन पुरस्कार

काठमाडौं - यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज  संग्रह  लाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनु भयो । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही रु.४ लाख रुपैयाँ रहेको…