काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकारलाई विभिन्न विधाका पुरस्कार प्रदान गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्वसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ प्रदान गर्नुभयो । पत्रकारित क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत काउन्सिलले उहाँलाई रु एक लाख ५१ हजार…