मुख्यमन्त्री भीम आचार्यले राजीनामा नदिने, संसदको सामना गर्ने

विराटनगर  ।  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संसदमा सामना गर्ने बताएका छन् ।  बुधबार नेकपा एमालेबाट बिद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीमा १० जना सांसद खुलेसँगै आचार्य अल्पमतमा परेका हुन् । अल्पमतमा परेका आचार्यले राजीनामा नदिई विश्वासको मत लिनेसमेत बताएका छन् ।  आफ्नो सरकार जनताको काम गर्न बनेकाले जनताको काम गर्छौ भनेर आएका जनप्रतिनिधिहरुले आफूलाई विश्वासको…