काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुलाको तुइन घटनालाई सरकारले थामथुम पार्न खोजेको आरोप लगाएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको बताउनुभएको हो ।‘ आफ्ना नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल…