शनिश्चरे । अर्जुनधारा जलेश्वरधाममा आगामी फागुन ३ गते महाशिवरात्री पर्वका दिन धार्मिक अनुष्ठान रुद्रीपाठसहित २४ घण्टा अखण्ड हवनात्मक यज्ञ एवं विविध कार्यक्रमको आयोजना गरिने भएको छ । धामद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा धाम समितिका अध्यक्ष नवीन गट्टानीले धार्मिक अनुष्ठानको बारेमा जानकारी गराएका हुन् । उनका अनुसार वातावरण शुद्ध, राष्ट्र शान्ति, उर्वरा शक्तिको बृद्धि साथै भक्ति…