६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स

काठमाण्डौ - चालू आर्थिक वर्षका बितेका ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो महिना पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । गएको आर्थिक वर्षको पुस महिनामा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।…