भद्रपुर । भद्रपुरस्थित मेची पुलबाट “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा सुरु भएको छ । विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आज बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुर–५ मेची पुलबाट साइकल यात्राको शुभारम्भ गरेको हो । यात्रामा पाँच जना साहसी साइकल यात्रीहरू जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतोले…