ओली – नेपालबिचको वार्ता सकारात्मक

काठमाडौं । संवादहीनता तोड्दै नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेट भएको छ । दुई नेताबीच नागपोखरीस्थित होटल मेरियटमा झण्डै दुई घण्टाको वार्ता सकिएको छ । वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले वार्ता सकारात्मक भएको बताए…