भागरथी हत्याका अभियुक्त भट्ट प्रहरीद्वारा सार्वजनिक

बैतडी । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार गरेपछि हत्यामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले आज हत्यामा संलग्न भएकाे अाश‌‌ंकामा दिनेश भट्टलाई सार्वजनिक गरेको हो । माघ २१ गते विद्यालय गएकी भागरथी साँझसम्म पनि घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकैको लबलेक जङ्गलमा बीभत्स अवस्थामा फेला परेकी थिइन्…